विवेकशील नेपाली र रञ्जु दर्शना
हिजो रञ्जु दर्शनाको अन्तरवार्ता हेरेँ, लाईक र सेयार मात्र
गर्न मन लागेन र अझ के गर्न सकिन्छ भनेर सोच्दा केहि लेख्न मन लाग्यो। लेख्नै पर्छ
जस्तो लाग्यो। कुनै राजनितिक दल वा उमेद्वारको समर्थनमा यो मेरो पहिलो लेख हो। म आजको
दिनमा परदेशमा छु। आसन्न स्थानिय चुनावमा मत खसाल्न आउन पाँउदिन। दु:ख लागेको छ। तर
म सहयोग र समर्थन गर्न सक्छु र गर्छु जस्ले मेरो ऊर्जा र सपना बोकेको छ। हाम्रो देश,
राजधानी सुन्दर बनाउने।
विवेकशील नेपालीत्यो पार्टी हो जस्ले दोस्रो संबिधान सभाको चुनावताकानै मेरो मन छोइसकेको थियो।
म गर्वका साथ भन्छु मैले चुनाव चिन्ह कुकुरमा मत खसाले। बाक्य सापट लिएर भन्नु पर्दा "रेस्टुरेन्टको मेनु हेरेर म:म अडर गर्न" तिर लागिन। यो विवेकशील नेपालीपार्टीमात्र यस्तो पार्टी हो जो भनाई र गराइमा एकरुपता छ - साच्चै नै विवेकशील र पारदर्शी।
२ बर्षअघिको त्यो महाबिनाशकारी भुकम्प। थाह हुने बितिकै परदेशमा हुने हाम्रो मन छिया छिया भएको थियो। सुन्धाराको धरहरा ढलेको सुन्दा हाम्रो मनमा अनेकौ धरहरा ढले। दिन रात नसुति देशको अवस्था र हाम्रो असक्षमताले पिरोली रह्यो। अाजै जौँ भोलीनै जौँ जस्तो हुन्थियो। केहि गर्न नसक्दा हिन्ता बोध हुन्थियो। एकमात्र अन्तराष्ट्रीय बिमानस्थलमा जाम, बिमान बस्न नसक्ने खबर पनि आयो। समचार पढ्दा र सुन्दा पनि उदेक लागेर आउथ्यो। त्यसै बिच विवेकशील नेपालीपार्टीमात्र यस्तो नागरिक समुह थियो जो पहिलो दिन देखि नै पिडितको उद्दार र सहायतामा खट्यो। दिनहु उद्दार र राहतमा खट्ने यो समुहलाई देश भित्र र बाहिरबाट चाहने र सक्नेले हर प्रकारको सहयोग गर्यौ। सजिलो संग बितेन कुनै दिन न नेपालमा भएका युवाहरुको हो न त बिदेशमा हुने नेपाली युवाहरुको। देशको चिन्ताले मन दु:खी रहयो र प्रतक्ष राहत उद्दारमा हात दिन नसकेकोमा अक्षम्ता बोध भइरहयो। राहतको लागि चन्दा उठाउने भन्दा गार्हो काम नेपालमा राहत बितरण गर्ने विश्वासिलो संस्था पाउन। राहतको रकम दुरुपयोग गरेको खबर पनि सुन्न पाइन्थ्यो। विवेकशील नेपालीको पारदर्शी राहत सहयोग बिबरण र व्यवस्थापनले गर्दा यस संस्थालाई बिश्वास गर्न सहज बनेको थियो । जब सहयोग अाउनेकाम तिब्र हुन थाल्यो, विवेकशील नेपालीको फेसबुकपेजमा बुझ्दा नगद भन्दा पनि सरसामानको कमी भएको थाह भयो। मैले गर्न सक्ने के गरे भने मेरो दाजुलाई भनेर (Sanitation) सर सफाईका सामानहरु किनेर विवेकशील नेपालीको कार्यलय पुर्याउन लागाए। यसरी बिदेशमा बसेर नि केहि काम आउन सक्दा केहि रहत महसुस भयो।
रञ्जु दर्शना भन्ने नाम चँहि मलाई भर्खरमात्र थाह हुन आएको नाम हो। विवेकशील नेपालीको अभियान र आन्दोलन -सरसफाई अभियान, गोबिन्द केसीको आन्दोलन, "नेपाल खुला छ" अभियान आदिमा नदेखेको अनुहान चँहि होईन। पछिल्लो समयमा आएर थाह भयो कि भुकम्पको बेला विवेकशील युवाहरुलाई ब्यबस्थापन र संचलन गर्ने उनै थिइन। उनैको नेत्रित्वमा प्रशंसायोग्य राहत र उद्दारको काम विवेकशील नेपालीले गरेको थियो। २१ बर्षको उमेर भनेको कलिलो उमेर होईन यो त सबैभन्दा बेसी उर्जा भएको गरेर दिखाउने उमेर हो । महानायक राष्ट्रनिर्माता पृथ्बी नारायाण शाहले नेपाल मुलुक एकिकरण अभियान शुरु गरेको उमेर हि २१। हामि सधै युवा युवा भनेर कराउने तर ६० कटेका स्व. सुशिल कोईरालालाई पनि युवा, ४० कटेका योगेश भट्टराई, गगन थापाहरुलाई पनि युवा भन्न र देख्न छाड्नु पर्छ। यो देशले अब नयाँ र युवा ऊर्जा र नेत्रित्व खोजेको छ। सबै मिलेर एक भएर लाग्नु पर्छ, युवा लाई नै जिताउनु पर्छ।
यो सबै भनिरहदा एक प्रश्न आउछ - किन साझा पार्टीमा नलागेको, त्यो झन दिग्गज दिग्गजहरुले खोलेको पार्टी हो। त्यो पार्टीको पनि बिचार पनि बिबेकशील नेपालीको भन्दा फरक देखीँदैन। यदि त्यो हो भने किन नयाँ पार्टी खोलेको? साँच्ची भन्ने हो भने साझा पार्टीको स्थापनाको औचित्य पुष्टि भएको छैन। रबिन्द्र मिश्र संग मैले अप्रतक्ष रुपमा काम गरेको छु, हेल्प नेपाल नेटवर्कको ई-लाइब्रेरी परियोजनामा। मलाई वहाको "खान पुगोस दिन पुगोस" बाक्यांसले मनमै छोएको छ। म वहालाई राम्रो पत्रकार मान्छु। साझा पार्टीको स्थापनाको घोषणा देखीनै सामाजिक सञ्जालमा, पत्रिकामा केवल एक प्रश्नको उत्तर खोजिरहेको छु। "किन विवेकशील नेपालीमा संलग्न नभएर नयाँ पार्टी खोल्नु परेको ? "। उत्तर नभेटे पछि म सोच्न बाध्य छु - "त्यहाँ अहम र पदको टसन परेरै हुनु पर्छ"। नत्र के होला र !!! साझा पार्टी चाँढै विवेकशील नेपाली दल संग मिल्छ, एकता हुन्छ भन्ने मेरो आशा छ। र हुनु पनि पर्छ - यो समयको आवश्यक्ता पनि हो।
म हाल नेपालमा नभएको अवस्थामा के कसो गरेर विवेकशील नेपालीको चुनावी अभियानमा सहयोगी बन्न सक्छु भनेर सोच्दा - पार्टीको सदस्यता, आर्थिक सहयोग र मेरो सामाजिक सञ्जाल नै तीन माध्यम ठानेर म तीनैवटा प्रयोग गरिरहेको छु। यो लेख पनि एक किसिमको सहयोगनै होला भन्ने आश गरेको छु।
अन्त्यमा म मेरो सम्पुर्ण मित्र तथा परिवारजनलाई यसपालिको मत विवेकशील नेपाली दलको नगर प्रमुख, उप-प्रमुख तथा वडा अध्यक्षका उमेद्वारलाई जिताऊँ।

Comments
Post a Comment