Posts

Showing posts from April, 2017

विवेकशील नेपाली र रञ्जु दर्शना

हिजो रञ्जु  दर्शनाको अन्तरवार्ता हेरेँ, लाईक र सेयार मात्र गर्न मन लागेन र अझ के गर्न सकिन्छ भनेर सोच्दा केहि लेख्न मन लाग्यो। लेख्नै पर्छ जस्तो लाग्यो। कुनै राजनितिक दल वा उमेद्वारको समर्थनमा यो मेरो पहिलो लेख हो। म आजको दिनमा परदेशमा छु। आसन्न स्थानिय चुनावमा मत खसाल्न आउन पाँउदिन। दु:ख लागेको छ। तर म सहयोग र समर्थन गर्न सक्छु र गर्छु जस्ले मेरो ऊर्जा र सपना बोकेको छ। हाम्रो देश, राजधानी सुन्दर बनाउने। विवेकशील नेपालीत्यो पार्टी हो जस्ले दोस्रो संबिधान सभाको चुनावताकानै मेरो मन छोइसकेको थियो। म गर्वका साथ भन्छु मैले चुनाव चिन्ह कुकुरमा मत खसाले। बाक्य सापट लिएर भन्नु पर्दा "रेस्टुरेन्टको मेनु हेरेर म:म अडर गर्न" तिर लागिन। यो विवेकशील नेपालीपार्टीमात्र यस्तो पार्टी हो जो भनाई र गराइमा एकरुपता छ - साच्चै नै विवेकशील र पारदर्शी। २ बर्षअघिको त्यो महाबिनाशकारी भुकम्प। थाह हुने बितिकै परदेशमा हुने हाम्रो मन छिया छिया भएको थियो। सुन्धाराको धरहरा ढलेको सुन्दा हाम्रो मनमा अनेकौ धरहरा ढले। दिन रात नसुति देशको अवस्था र हाम्रो असक्षमताले पिरोली रह्यो। अाजै जौँ भोलीनै जौँ जस्तो