Posts

Showing posts from May, 2009

आज फेरी

-राज आज फेरी मलाई कलेज गएर भर्ना हुन मन लाग्यो। फेरी केटाहरु संग दिन बिताउन मन लाग्यो। फेरी उहि वाटोमा हिड्न मन लाग्यो। फेरी उहि चकचक गर्न मन लाग्यो। आज फेरी मलाई कलेज गएर भर्ना हुन मन लाग्यो। फेरी पाठशालामा पुल खेल्न मन लाग्यो। फेरी कक्षा सारेर पौडि जान मन लाग्यो। फेरी एच के मा बसेर फ्रेसलेमन खान मन लाग्यो। आज फेरी मलाई कलेज गएर भर्ना हुन मन लाग्यो। फेरी उहि गेटबाहिरको पेटिमा बसेर छुट्टि हुँदाको दृष्य हेर्न मन लाग्यो। फेरी बाबुरामको छतमा बसेर ट्रिपलहाफ खान मन लाग्यो। फेरी खेतको आलि आलि हिड्न मन लाग्यो। आज फेरी मलाई कलेज गएर भर्ना हुन मन लाग्यो। फेरी शुक्रबार कुरेर, बनेपा गाडिको हुटमा चडेर जान मन लाग्यो। फेरी आइसक्रिम खादै राति साथीहरुसंग हिड्दै फर्किन मन लाग्यो। फेरी होस्टेल वाडेनलाई छलेर अरु कोठामा गफ गर्दै बस्न मन लाग्यो। आज फेरी मलाई कलेज गएर भर्ना हुन मन लाग्यो। अन्तत: फेरी भन्न मन लाग्यो त्यो जिन्दगी पो जिन्दगी, यो जिन्दगी खै के जिन्दगी...